सिभिल बैंकले मङ्सिर २२ गते देखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १० बराबर ४ कित्ता सेयरका दरले ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले कात्तिक १ गते धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको थियो ।
बैंकले अब ४० प्रतिशतका दरले २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८.६७५ कित्ता हकप्रद बिक्रि गर्ने छ। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। लगानीकर्ताले पुस २७ गते सम्म हकप्रद भर्न सक्ने छन् ।
हकप्रद निष्काशनको लागि बैंकले मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटलबाट र आश्वा सदस्य रहेको जुनसुकै बैंकबाट हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।
४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ। त्यसपश्चात बैंकले १० दशमलब ३४ प्रतिशतले पुंजी वृद्धि गर्दा समेत उसको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।