साताको कारोबारको दोस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक १.९० अंकले घटेर १५२४.८७ अंकको बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६३ कम्पनीका १० लाख ८२ हजर ३ सय ८ कित्ता शेयर ख्गरिड बिक्रिबाट ५७ करोड ७७ लाख ६४ हजार ४ सय २६ रुपियाँको कारोबार भएको छ ।
आज बुटवल पावरको सबै भन्दा धेरै १० करोड बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्राइम लाइफ इन्स्योरेन्स संस्थापक शेयर, शिखर इन्स्योरेन्स, नेपाल बैंक, जनता बैंक लगायत रहेका छन् ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ, इन्स्योरेन्स, उत्पादन र माइक्रो फाइनान्स बाहेकका सबै सूचक घटेका छन् ।
आज सिनर्जी पावरका लगानीकर्ताले सर्बाधिक ५.२० प्रतिशत कमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्बाधिक ४.४ प्रतिशत गुमाएका छन् ।