सानिमा माइ हाइड्रोपावरको शेयरको बोलपत्र खोल्ने काम सकिएको छ। सर्वसाधारणतर्फको शेयरमा प्रति कित्ता ५०५ र त्यो भन्दा माथि कबुलेर लिलाम हाल्ने योग्य आवेदकले सानिमा माइको शेयर प्राप्त गरेका छन।
सानिमा माइले लिलाममा राखेको सर्वसाधारण तर्फको १ लाख ४६ हजार ५९२ कित्ता सेयरका लागि बोलपत्र पेश गर्ने १२९७ जना मध्ये न्युनतम ५०५ रुपैयाँ कबुल्ने सानिमा माइको शेयर हात पारेको बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।
मङ्सिर ११ देखि मंसीर २० सम्म लिलाममा राखिएको सानिमा माइको शेयरमा अधिकतम ५६० रुपैयाँसम्म बोलपत्र पेश भएको छ। दोस्रो बजारमा कम्पनीको शेयर कारोबार प्रति कित्ता ५४० रुपैयाँमा कारोबार भईरहेको छ।
शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब ११ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ०५ करोड छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड १९ लाख खुद मुनाफा आर्जन गरेको छ।