साताको पहिलो दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २४.२० अंकले घटेर १३९०.५८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपियाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल समूह बाहेकका सूचक घटेको छ ।
आज एनसीसी बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै ९ करोड ६९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक संस्थापक शेयर, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, नागरिक लगानी कोष लगायत रहेका छन् ।
आज पोखरा फाइनान्सकालागनिकर्ताले सबै भन्दा धेरै ५.०८ प्रतिशत कमाएका छन् भने नेपाल टेलिकमका लगानीकर्ताले सर्बाधिक ७.७ प्रतिशत गुमाएका छन् ।