आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा साधारण शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। लघुवित्तले ३ करोड रुपैयाँको ३ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। नुवाकोट बेश लघुवित्तको जारि पुंजी १० करोड रहेको छ। सर्वसाधारणमा आइपीओ बिक्रि तथा बितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक ७० र सर्वसाधारण ३० प्रतिशत पुग्नेछ।