हकप्रद निष्काशनको अनुमति माग्दै सिनर्जी फाइनान्सले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । फाइनान्सले १:०.२५ को अनुपातमा २५ प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति माग गरेको हो ।
हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको मङ्सिर ५ गते भएको बिशेष साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको थियो । अनुमति पाएपछि फाइनान्सले ११ करोड ८६ लाखबराबरको ११ळाआख़ः ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद निष्काशन गर्ने छ ।
हाल फाइनान्सको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेकोमा २५ प्रतिशत हकप्रद पश्चात चुक्ता पुंजी ५९ करोड ३१ लाख पुग्ने छ । बेस्ट फाइनान्ससंग गाभिने प्रक्रियामा रहेकोले नेप्से कम्पनीको कारोबार भने रोक्का रहेको छ ।
कम्पनीले गत आर्थिक बर्षमा १८ करोड १८ लाख खुद नाफा गरेको थियो ।