प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस २४ गते बसेको संचालक समितिको बैठकले एफपिओ समेत समाबेश हुने गरी कायम हुने चुक्ता पुँजीको १३.५२ प्रतिशत बोनस प्रस्ताव गरेको हो । साथै बैठकले बोनस शेयरमा लाग्ने करको लागि ३६ लाख ५९ हजार ७ सय ४९ रुपियाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुंजी ४४ करोड ८५ लाख छ। इन्स्योरेन्सले पुस १६ गते देखि पुस १९ गते सम्म प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ७९९ का दरले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर बिक्रि गरेको थियो । कम्पनीमा हाल कायम संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न एफपीओ बिक्रि गरेको हो।
एफपीओ बाडफाड पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाखले बढेर ५१ करोड ४४ लाख पुग्नेछ। प्रस्तवित १३.५२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५९ करोड पुग्ने छ । बीमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।