साताको कारोबारको अन्तिम दिन बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज बुधबार नेप्से सूचक १५.७८ अंकले घटेर १४४०.२९ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका १ सय ५७ कम्पनीका १५ लाख ७४ हजार ४ सय ८१ कित्ता शेयर खरिद बिक्रिबाट ३७ करोड ४८ लाख ९५ हजार ९ सय १० रुपियाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका समुहगत सूचक घटेका छन् ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै ३ करोड ८२ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक, स्ट्याण्डर्ड बैंक, सानिमा माई हाइड्रो, नबिल बैंक लगायत रहेका छन् ।
आज फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ५.१६ प्रतिशत कमाएका छन भने एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत गुमाएका छन् ।