लिबर्टी ईनर्जी कम्पनीले २७ करोड ५० लाखको आईपिओ जारी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 09:15:30 AM मा प्रकाशित

laxmi  sunrise bank

 ३ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पौष ३० गते सम्पन्न आठौं बार्षिक साधारण सभाले सर्वसाधारण र स्थानीयलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

 कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको दोर्दी “ए” जलविद्युत आयोजनाको २०७५ आश्विन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीले यसको २५ प्रतिशत अर्थात २७ करोड ५० लाख रुपैयाँको सेयर सार्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो । कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावितलाई र बाँकी १५ प्रतिशत  आम सर्वसाधारणलाई बिक्रि गर्ने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved