सिबिआईएल क्यापिटल लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
सिबिआईएल क्यापिटलले तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । साधारण सेयर जारी गर्न कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ । अनुमति पाएपछि सिबिआईएल क्यापिटल आईपिओ निष्काशन गर्ने पहिलो मर्चेन्ट बैंक बन्ने छ ।
युनिभर्सल पावरले भने आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणलाई कुल ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँको ९६ लाख ६१ हजार ६१० कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।
कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ ।