साताको कारोबारको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ५.३८ अंकले घटेर ११९३.३९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६२ कम्पनीका १९ लाख १८ हजार ६ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ५६ करोड १२ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै ३० करोड ५९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी करोब्र हुनेमा नबिल बैंक, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर लगायत रहेका छन् ।
आज होटेल्स र उत्पादन बाहेकका सबै समुहगत सूचक गह्तेका छन् ।
यस दिन एनआईसी एसिया ग्रोथ फण्डको शेयर मूल्य सर्बाधिक ४.०३ प्रतिशतले तथा कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य २.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज नेपाल इन्स्योरेन्सको शेयर मूल्य ५.७९ प्रतिशत र नेशनल हाइड्रोको शेयर मूल्य ५.६१ प्रतिशतले घटेको छ ।