सिटिजन बैंकको प्रगतिले लगानीकर्तामा आशा जगायो, बैंकको यस्तो विवरणबाट लगानीकर्ताले के बुझ्ने ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 22, 2018 | 11:29:50 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको सिटिजन बैकले उल्लेख्य प्रगति गरेको प्रगति विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको पहिलो र दोस्रो त्रैमाससम्मको प्रगतिले निराश भएका शेयरलगानीकर्तामा बैंकको प्रगतिले आशा जगाएको छ। 

अघिल्लो आर्थिक बर्ष १ अर्ब ८ करोड खुद मुनाफा गरेको बैंकले गत आर्थिक बर्ष १ अर्ब ४० करोड खुद मुनाफा आर्जन गरेको छ। बिजपाटी डटकमले सिटिजन बैंकले करिब १५० करोड खुद मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको थियो। गत आर्थिक बर्ष बैंकले ६२ अर्ब ४८ करोड निक्षेप संकलन गरि ५७ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले ५२ अर्ब ७१ करोड निक्षेप संकलन गरि ४३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको थियो।

ब्याजको दर बढ्दा बैंकले गत आर्थिक बर्ष २ अर्ब ८ करोड खुद ब्याज आम्दानि गरेको छ। गत आर्थिक बर्ष बैंकले १ अर्ब ७५ करोड खुद ब्याज आम्दानि गरेको थियो। फाइनान्स कम्पनीहरुलाई खरिद गर्दा खराब कर्जाको भार बोकेको बैंक बिस्तारै सुधारको बाटोमा लागेको देखिन्छ। गत आर्थिक बर्ष बैंकको खराब कर्जा अनुपात २.०२ प्रतिशतबाट घटेर १.२५ प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड पुगेको छ भने बैंकको जगेडा कोष १ अर्ब ३५ करोडबाट बढेर २ अर्ब ७६ करोड पुगेको छ।  भने बैंकको प्रति शेयर आम्दानि १७ रुपैयाँ ५३ पैसा र प्रति शेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ।सिसिडी रेशियो ७७.८७ प्रतिशत छ । बैंकको निक्षेप र कर्जामा क्रमश सुधार देखिएको छ । तर कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत नाघेकाले थप कर्जा विस्तार गर्न भने केही कठिन देखिन्छ ।

बैंकको कोष लागत ८ प्रतिशतबाट बढेर ८.७४ प्रतिशत पुगेको छ। बैंकको कोष लागत बढेको र सिसिड़ी अनुपात समेत ७७.८७ प्रतिशत पुगेकाले बैंकले सस्तो ब्याजदरमा कर्जा परिचालन गर्न सक्ने सम्भावना देखिदैन।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved