जलविद्युत लगानी तथा विकास कम्पनीले शत प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको साउन ११ गते बसेको संचालक समितिको बैठकले एक बराबर एकको अनुपातमा शत प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेको हो । बैठकले हकप्रद निष्काशन प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुूँजी १० अर्ब रुपैयाँ छ । शतप्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीको दश करोड कित्ता शेयर नेप्सेमा सुचीकृत छ । जस मध्ये सर्वसाधरणको २ करोड कित्ता रहेको छ ।कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ २०६८ सालमा कम्पनी स्थापना बह्येको थियो ।