नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये सबैभन्दा धेरै शेयर मूल्य भएको युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७ सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
संचालक समितिको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले २३ अक्टोबरको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा ९९ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।
यस अघि भने कम्पनीले १२७० प्रतिशत नगद लाभांश बाडेको थियो ।
हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता २४ हजार ६ सय ६३ रुपैयाँ रहेको छ ।