रेडियो नेपालमा १५ मिनेट धितोपत्र बजार सम्बन्धि कार्यक्रम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 02:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड र रेडियो नेपालबीच रेडियो कार्यक्रम संचालन सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा धितोपत्र बोर्डका तर्फबाट कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र रडियो नेपालको तर्फबाट कार्यकारी निर्देशक सुरेश कार्कीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बोर्डको समन्वय र सहयोगमा रडियो नेपालले धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धि कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने छ ।  कार्यक्रम हरेक महिनाको पहिलो र तेस्रो शनिवार बिहान ७:४० देखि ७:५५ बजे सम्म प्रसारण गर्नु पर्ने छ । पहिलो कार्यक्रम आगामी असोज २० गते शनिवार प्रसारण हुने बोर्डले जनाएको छ । 

धितोपत्र तथा बस्तु विनिमय बजार नियमन गतिबिधि, बजार सुधार, लगानीकर्ता शिक्षा, तथा सचेतनामुलक लगायतका बिषयहरुमा जानकारी देशभरका सर्वसाधारणलाई प्रवाह गरी साक्षर बनाउन बिश्व लगानीकर्ता सप्ताहको अवसर पारी रेडियो कार्यकम सुरु गर्ने लागेको बोर्डले जनाएको छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved