ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले डेढ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ हजार रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
'१०.५% ग्लोबल आइएमई डिबेञ्चर २०८०' नाम दिइएको यस ऋणपत्रको अवधि ५ बर्षको रहने र अर्धवार्षिक रुपमा बार्षिक १०.५० प्रतिशत ब्याजदर प्राप्त हुने बैंकले जनाएको छ । निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित दरको ३ लाख कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित १२ लाख कित्ता व्यक्तिगत तबरबाट निजी संस्थाका लागि बिक्रीमा ल्याईने बैंकले जनाएको छ ।
ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।