नेपाल बंगलादेश बैंकको सहायक कम्पनी नेपाल बंगलादेश क्यापिटलले मर्चेन्ट बैंकरको लाईसेन्स पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार क्यापिटललाई कारोबार गर्नका लागि अनुमति दिएको हो । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले कम्पनीका अध्यक्ष सुरेन्द्रभूषण श्रेष्ठलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापन र संस्थागत परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।
कम्पनीको चुक्ता पूँजि २० करोड रुपैयाँको हुने छ। कम्पनीले माघ भित्रै कारोबार सुरु गर्ने जनाएको छ ।