नेपाल स्टक एक्सचेन्ज नेप्सेको मूल गेट अगाडी रिले अनशन बस्न गएका लगानीकर्ताहरु पक्राउ परेका छन् । शेयर लगानीकर्ता दबाब समुहले नेप्से सोमबार कालो बेलुन उडाउदै नेप्से अगाडी रिले अनशन सुरु गरेको थियो । मंगलबार पनि अनशनलाई निरन्तरता दिन पुगेकालाई प्रहरीले पक्राउ गरेको हो । सुरुमा प्रहरीले उनीहरुलाई नेप्सेको गत सम्म जानलाई रोकेको थियो । त्यसपछि सडक मै अनसन बस्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनीहरुलाई सिंहदरबार प्रहरी परिसरमा राखिएको छ ।
पक्राउ पर्नेमा दबाब समुहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला समेत छन् । त्यस्तै गोपीकृष्ण थापा, कुमार सिटौला, रमेश कुमार ढकाल, दिपक पाण्डे, तिलक कोइराला, राम भक्त गिरि, पुरुषोत्तम सापकोटा, किरण ढुंगाना, पवित्रा ज्ञवाली, नवराज उप्रेती , दिपेन्द्र अग्रवाल लगायत रहेका छन् । उनीहरुलाई समर्थन गर्न अन्य लगानीकर्ता पनि परिसर पुगेका छन् । प्रहरीले आफुलाई कानुन बिपरित बिना कारण पक्रेको भन्दै उनीहरुले परिसर भित्रै अनसन सुरु गरेका छन् ।
धितोपत्र बोर्डमा तालाबन्दी गर्न जाँदा सरकारले दमन गरेको आरोप लगाउदै दबाब समुहले त्यसको प्रतिवाद गर्न सोमबारबाट अनसन सुरु गरेको जनाएको थियो । समुहले पुंजीबजार सुधार र विस्तारको लागि विभिन्न निकायमा पेश गरिएको ३२ बुंदे माग पुरा गर्न दबाब दिदै आएको छ । यसो अनुरुपमा समुहले आइतबार नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गरेको थियो । तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएको थियो । ३२ बुंदे माग पुरा नभएसम्म रिले अनसन जारि रहने परिस्थिति अनुरुप आन्दोलनलाई थप शशक्त बनाउने समुहले बताएको छ।