नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited को लाभांश सुरक्षित गर्ने आज बैशाख १७ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले ले आगामी जेठ ४ गतेलाई १९ औं साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनलाई कम्पनीले बैशाख १९ लाई बुक क्लोज गर्ने निर्णय गरेकोले आज बैशाख १७ सम्म कायम सेयरधनीहरुले मात्र नेपाल लाइफको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन।
कम्पनिले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २३।५० प्रतिशत नगद लाभांश दिने प्रस्ताब साधारणसभामा लैजादैछ। त्यस्तै अन्य एजेन्डामा अधिकृत पुंजी बढाएर १० अर्ब पुर्याउने लगायत छ।
कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २८ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुंजी ४ अर्ब ४० करोड छ। बोनस वितरण पश्चात कमपनीको चुक्ता पुंजी ५ अर्ब ५ करोड पुग्नेछ।