ढिलो आईपिओ सूचीकरण गराएर रसुवागढी र सान्जेनले कति जोगाए ? (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 07:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर सुचिकृत भएको छ।  नेप्से र यी दुई कम्पनीबीच शेयर सूचीकरण  सम्झौता भएको हो ।

जस अनुसार रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र सान्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सूचीकरण भएपछि मंगलबारदेखि कम्पनीको कारोबार सुरु हुनेछ । नेप्सेका अनुसार रसुवागढीको कारोबार RHPL सिम्बलबाट र सान्जेनको SJCL सिम्बलबाट कारोबार हुनेछ  । पहिलो कारोबारको लागि रसुवागढीको सुरुवाती रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँसम्म र सान्जेंको सुरुवाती रेन्ज ९६.३२ देखि २८८.९६ रुपैयाँसम्म तोकिएको छ  । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणा सम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ  । 

अब मंगलबार नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । 

तोकिएको रेन्ज भित्रको जुन सुकै मूल्यमा पहिलो कारोबार हुन् सक्छ  ।  यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए । 

नवीकरण शुल्क छल्न दुवै कम्पनीले साउन लगाएपछि मात्र शेयर सूचीकरण गराएका हुन् । हामीले कम्पनीलाई ढिलो शेयर सूचीकरण गरेर कति जोगियो भन्ने सोधेका थियौ ।  

हेर्नुस भिडियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved