ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गते देखि १:१ अनुपातमा शत प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो ।
कम्पनीले १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गरेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । शेयर निष्काशन प्रयोजनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।
ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको छ । यी २ कम्पनीबीच फागुन २४ गते गाभ्ने गाभिने सम्झौता भएको थियो । संचालनमा आएको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ । शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ । नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ ।