लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आफ्नो स्वमित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।
कम्पनीले लिलाममा राखेको शेयरमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले मात्र आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । इच्छुकहरुले असोज २८ गतेदेखि करिक १८ गतेभित्र आवेदन दिनु पर्ने छ ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता १५ सय ९५ रुपैयाँ कायम गरेको छ । उक्त मूल्य भन्दा कम नहुने गरि बोलपत्र आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम सम्पूर्ण ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
यस्ता छन् बोलपत्र लिने र बुझाउने स्थान :