एनएमबी लघुवित्त वित्तीय संस्थाले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
अब कम्पनीले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलब ७५ कित्ता हकप्रद बिक्रि गर्ने छ। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा कार्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।
लगानीकर्ताले मंगसिर २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले सनराइज क्यापिटल , सनराइज बैंकका शाखाहरु तथा सी आश्वा सदस्य बैंक त्तहा वित्तीय सस्था बाट समेत हकप्रदमा आवेदन दिन सक्ने छन् ।
१५० प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ४० करोड पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी १६ करोड २० लाख रहेको छ।
१५० प्रतिशत हकप्रदका लागि लघुवित्तले ईक्रा नेपालबाट आइपीओ ग्रेड ४ पाएको छ। यसले लघुवित्तको वित्तीय अवस्था औषत भन्दा कम्जोर भएको जनाउँछ।