सनराइज क्यापिटलको म्युचल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 08:43:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोषको इकाईमा वेदन दिने आज कर्तिक ७ गते अन्तिम दिन रहेको छ ।  क्यापिटलले असोज ८ गतेदेखि आफ्नो पहिलो समुहिक लगानी कोषको इकाई बिक्रि खुला गरेको थियो  । क्यापिटलले १ अर्ब बराबरको 'सनराइज फस्ट म्युचल फण्ड' योजनाको इकाई निष्काशन गरेको हो । 

सनराइज बैंकको प्रवर्दन तथा सनराइज क्यापिटलको व्यवस्थापनामा आएको यस योजनाले ९ बर्षमा १२० प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ । क्यापिटलले इकाईधनीहरुलाई प्रक्षेपित औषत प्रतिशत २४।२९ तथा बार्षिक १४ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ   ।

क्यापिटलले १ अर्ब बराबरको 'सनराइज फस्ट म्युचल फण्ड' योजनाको इकाई निष्काशन गरेको हो। निष्काशन भएको  इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको संख्याको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि सुरक्षित राखिएको छ भने  बाँकि ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुने भएको छ। 

आवेदन दिंदा प्रति इकाई १० रुपैयाँका दरले न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सक्ने छन् ।  उक्त कोषको सुपरिवेक्षकहरुमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved