धितोपत्र बोर्डका नवनिर्वाचित अध्यक्ष ढुंगानाका ५ प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 01:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अबको चार वर्षको लागि पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कमाण्ड भिष्मराज ढुंगानाले सम्हाल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा ढुंगानालाई नियुक्त गरेको हो । ढुंगानाको नियुक्तिसंगै सेयरबजारसँग सम्बन्धित रोकिएका नीतिगत कामकारबाहीहरु सुचारु हुने अपेक्षा गरिएको छ। 

बोर्ड शेयरबजारको नियामक भएको र बोर्ड तय गर्ने नीति नियमले पुँजीबजारलाई प्रत्यक्ष असर गर्छ । लगानीकर्ताको मनोबल खस्केको र बजार पनि समग्रमा घटिरहेको बेला नयाँ नेतृत्व कसरी अगाडी बढ्छ भन्नेमा आम लगानीकर्ता चासो छ । अध्यक्ष हुनु अगाडी बोर्ड मै केहि समय विज्ञ संचालकको रुपमा रहेका ढुंगानाबाट लगानीकर्ताले ठुलै अपेक्षा गरेको पाइन्छ ।  नेपाल राष्ट्र बैंकमा ३० बर्षे काम गरेर अवकास पाएका ढुंगानाले बिज्ञ सदस्यका रुपमा धितोपत्र बोर्डमा 'इन्ट्री' गरेका थिए। उनीसँग राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेको अनुभव छ।

बोर्ड अध्यक्ष भएपछि ढुंगानाका योजना र प्राथमिकताका विषयमा लगानीकर्ता चासो छ । तर पहिलो दोस्रो भन्दा पनि आफ्नो कार्यकालमा ५ वटा मुख्य विषयलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने ढुंगाना बताउछन् । उनी भन्छन् 'पहिलो नम्बरमा पुँजीबजारको 'स्ट्याबिलिटी' अर्थात् स्थायित्वको लागि पहल गर्नु पर्छ' । दोस्रो नम्बरमा प्रोफेसनलिज्म बढाउनको लागि काम गर्नु पर्ने उनको भनाई छ  ।  त्यस्तै तेस्रो नम्बरमा बजार र बजारसँग सम्बन्धित कम्पनीका संस्थागत सुशासनको स्तरलाई बढाउन कार्य गर्नु पर्ने उनी बताउछन्  । 

त्यस्तै चौथोमा आईटी र कानुनी विषयमा सुधार गर्नु पर्ने र पाचौमा धितोपत्र बजारको दायरा अझै सानो भएकोले यसलाई फराकिलो बनाउन काम गर्ने उनी बताउछन्  ।  यी ५ काम गर्न सकेमा बजारले गति लिने बजारको राम्रो विकास हुने उनी बताउछन् ।   

यी ५ कार्य गर्ने पर्ने तर कुन कामलाई पहिले गर्ने, के लाई बढी प्राथमिकतामा राख्ने भन्ने विषय बोर्डमा छलफल गरेर निर्क्यौल गरिने उनी बताउछन् । यी काम गर्नको आवश्यक पर्ने अन्य कार्यहरुलाई 'लिस्ट आउट' गरेर क्रमिक रुपमा पुरा गर्दै लैजाने उनको योजना छ  ।  

उनी भन्छन् 'बजारमा स्थायित्व ल्याउनको लागि बजारमा रहेका कम्पनीहरु नाफा मै जानु पर्छ, यदि हामीले कस्ट बेनिफिट एनलाईसिस नगरी काम सुरु गरेको खण्डमा त्यो सफल हुदैन ' । दिगो रुपमा अगाडी बढ्नको लागि थोरै भएपनि नाफामा रहनु पर्ने  उनी बताउछन् । यी सबैलाई मध्यनजर गर्दै अगाडी बढ्ने उनको योजना छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved