मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । २ कम्पनीबीच मंगलबार सम्झौता भएको हो ।
मिर्मिरेको कार्यालय काभ्रेको बनेपामा रहेको छ भने नागबेलीको कार्यालय झापाको बिर्तामोडमा रहेको छ । हाल मिर्मिरेको चुक्ता पुंजी १८ करोड ८७ लाख रहेको छ ।
स्रोतका अनुसार मिर्मिरेले नागवेलीलाई १००:९६ को स्वापमा गाभ्न लागेको हो । यद्यपि डिडिए रिपोर्ट अनुसार अन्तिम स्वाप तय हुने कम्पनीले जनाएको छ ।