गुराँस लाईफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले शेयर लिलाम गर्दा परेका आवेदनहरु आज सोमबार खोल्ने भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान १० बजेदेखि बोलपत्र खोल्ने कार्य सुरु हुने जनाएको हो ।
क्यापिटलले कोरोना संक्रमणको जोखिम हुने भएकोले लगानीकर्तालाई उपस्थित नगराई कम्पनी र क्यापिटलका प्रतिनिधिको रोहबरमा मात्र बोलपत्र खोल्ने जनाएको हो ।
कम्पनीले असोज १३ गतेबाट १९ गतेसम्म हकप्रदमा अवितरित ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गरेको थियो । लिलाम गरिएको शेयर मध्ये संस्थापक समुहको ३ लाख ३७ हजार ५ सय ६५ कित्ता रहेको छ भने सर्वसाधारण समुहको २ लाख ५२ हजार ४ सय ४९ कित्ता रहेको थियो । शेयर लिलाम गर्नको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले असार १४ देखि १:१ को अनुपातमा चुक्ता पुंजीको शत प्रतिशतल हुन आउने ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।