बोर्ड अध्यक्ष ढुंगाना र एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भित्रि कारोबार गरेको प्रमाणित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 11:41:51 PM मा प्रकाशित

nepal oil ltd

नेपाल धितोपत्र बोर्डको अध्यक्ष तथा संचालकहरुले सुचिकृत कम्पनीहरुको काम गर्नलाई सम्बन्धित कम्पनीबाट सेयर वा अरु सुविधा लिन्छन भन्ने आरोप प्रमाणित भएको छ। 

बुक बिल्डिङ बिधि मार्फत थप मुल्यमा आइपीओ निष्काशनको लागि अनुमतीको पर्खाईमा रहेको सर्वोत्तम सिमेन्टमा अध्यक्ष ढुंगानाको छोरी र बोर्ड संचालक चन्द्र ढकालका भाई हेमराज ढकालले सेयर खरिद गरेको पाईएपछि यो आरोप पुष्टि भएको हो।    

यो प्रकरणले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका चन्द्र ढकालले पदको दुरुपयोग गरि लाभ कसरी उठाईरहेका छन् भन्ने प्रमाणित भएको हो।  

नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक बुक बिल्डिङ बिधिबाट प्राथमिक शेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको शेयर बोर्ड अध्यक्ष ढुंगाना र सदस्य ढकालको परिवारका सदस्यको नाममा खरिद गरिएको खुलासा भएको हो । हिमाल खबरका पत्रकार रमेश कुमारले यो प्रकरणको  खुलासा गरेका हुन्। 

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ बुक बिल्डिङ बिधिबाट जारी गर्ने प्रकृयामा छ ।

बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ढकालका भाई हेमराज ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर खरिद भएको पाइएको हो ।

रेबिका ढुंगाना बोर्ड अध्यक्षकी आफ्नै छोरी हुन् भने हेमराज ढकाल बोर्ड सदस्य चन्द्र ढकालका सहोेदर भाई हुन् । ढकाल सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धक समेत रहेको ग्लोबल आईएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आईएमई बैंकका मुख्य लगाानीकर्ता हुन् ।

नेपाल धितोपत्र बोर्ड बोर्ड सदस्यको आचारसंहिता २०७४ अनुसार बोर्डका अध्यक्ष तथा सदस्यले बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन रोक लगाएको छ । साथै धितोपत्र सम्बन्धि ऐन २०६३ ले पनि यस्तो कारोबारलाई सूचनाको दुरुपयोग गर्दै भित्री कारोबार गरेको मानेको छ ।

यस सम्बन्धमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डितले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यसलाई दण्डनीय मानेको बताउँछन ।

'यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुनसक्छ,’ उनले भने । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ भएको उनको भनाई छ ।

कम्पनीले ४० करोड पूँँजी जुटाउनका लागि डेढ वर्ष पहिले १७ जना तथा पछि ५७ जनालाई संस्थापक शेयर बिक्री गरेको थियो ।२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको सूची समेत तयार पारिसकेको थियो । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ७५० रुपैयाँ कायम गर्न बोर्डसमक्ष प्रस्ताव गरिसकेको थियो। 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्र बोर्डबाट अनुमती लिएर डिबेन्चर, आइपीओ, एफपीओ निष्काशन गर्ने तथा अन्य सेवा लिन आउने सँस्थाहरुबाट आर्थिक तथा अन्य लाभ लिईरहेको बताइन्छ। बोर्ड अध्यक्ष ढुंगानामाथि पैसा वा अन्य सुविधा लिए बीना कुनै पनि काम नगर्ने आरोप लाग्दै आएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved