मोदी इनर्जीले आईपिओ निष्काशन प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 08:42:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 मोदी इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले भदौ २ गते भर्चुअल माध्यमबाट सम्पन्न हुने गरि साधारणसभा आह्वान गरेको हो  । 

साधारणसभामा आईपिओ निष्काशन गर्ने सहित विभिन्न प्रस्ताव पेश हुने छ  । कम्पनीले आईपिओ निष्काशन गर्ने, ऋण लिने, त्तहा यी निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव साधारणसभामालैजान लागेको हो  ।

कम्पनीले ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये १६ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा २५ लाख २० हजार कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयर निष्काशनको लागि कम्पनीले सनराइज क्यापिटलसँग बिक्रि प्रबन्धकको लागि सम्झौता गरिसकेको छ । 

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved