गोर्खाज फाइनान्सको साधारणसभा भदौ २४ मा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 08:51:43 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स Gurkhas Finance Limited को यस अघि स्थगित भएको साधारणसभा भदौ २४ गते हुने भएको छ ।  कम्पनीले बैशाख २१ गते आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको थियो। तर नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरेको थियो ।

सोहि सभामा भदौ २४ गते काठमाडौँको होटेल क्राउन इम्पेरीयलमा हुन लागेको हो  ।  सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन्  । प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने  ३ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने  ३ जना गरि ६ जना संचालकको निर्वाचन समेत गर्ने छ  । 

  कम्पनीले साधारणसभाको लागि बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैशाख ५ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved