नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 07:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ । फण्डले लाभांश बितरणको लागि आज भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

समायोजनपछि फण्डको इकाई मूल्य प्रति इकाई १३.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि फण्डको इकाई मूल्य १८.१३ थियो । ५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । 

 योजना ब्यबस्थापक सनराइज क्यापिटल Sunrise Capital ले सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश वितरण प्रयोजनको लागि भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।   भदौ १५ गतेसम्म कायम इकाईधनीले योजनाले दिने लाभांश पाउने छन् ।  

सनराइज फर्स्ट म्युचअल फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५० प्रतिशतले हुन आउने त्रिचालिस करोड बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिसकेको छ । यो योजना सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved