कृषि विकास बैंकको ३ महिनाको खुद नाफा ४८ करोड, इपिएस पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 04:04:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक लिमिटेड Agriculture Development Bank Limited ले चालु आर्थिक वर्ष २०७८.७९ को पहिलो त्रौमासमा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढ्दा बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ०.८७ रुपैयाँले बढेर वार्षिक प्रतिशेयर आम्दानी १४.७० रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा इपिएस १३.८३ रुपैयाँ थियो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले असोज मसान्तसम्ममा १ खर्ब ५३ अर्ब २२ करोड ०५ लाख रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ६५ अर्ब ०५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले १ अर्ब ७३ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ६२ करोड ४८ लाख ०६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ र शेयरधनी कोषमा ३ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ छ। 

यस अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा शेयरधनी कोष ०.२७, जगेडा कोष २.१९, कर्जा लगानी ७.९८ प्रतिशतले बढ्दा निक्षेप संकलन ५.८१ प्रतिशतले घटेको छ। गत बर्षको तुलनामा बैंकको निक्षेप ९ अर्ब ४५ करोड ६६ लाख ९४ हजार रुपैयाँले घटेको हो । यस्तै खुद ब्याज आम्दानी २७.३०, सञ्चालन नाफा २.१२ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर २.०८, कोषको लागत ४.९६, आधार ब्याजदर ७.१२, स्पेडदर ४.३६, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.९९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २४०.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.५५ गुणा छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved