एनएमबि बैंकको ३ महिनाको नाफा १ अर्ब ४७ करोड, इपिएस २५ रुपैयाँ ५९ पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 08:31:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले गत बर्षको तुलनामा यस चालु आर्थिक बर्षको पहिलो तीन महिनामा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत बर्षको यस अवधिसँगको तुलनामा खुद मुनाफा ४२।४९ प्रतिशतले बढाएर १ अर्ब ४७ करोड पुर्याएको छ। गत बर्षको यस अवधिमा बैंकको खुद मुनाफा ७४ करोड ८१ लाख रुपैयाँ थियो। 

यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी करिब ५ प्रतिशतले बढेर १ अर्ब ३५ करोडबाट १ अर्ब ४२ करोड पुगेको छ। त्यस्तै बैंकको वितरणयोग्य मुनफा यस अवधिमा ४५ करोड ८४ लाख पुगेको छ। 

यस अवधिमा बैंकको निक्षेप ५।४६ प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब पुगेको छ भने कर्जा लगानी ९।६४ प्रतिशतले बढाएर १ खर्ब ६५ अर्ब पुगेको छ। 

यस अवधिमा बैंकको चुक्तापुंजी १६ अर्ब ३२ करोड रहेको छ भने रिजर्भमा ८ अर्ब ६५ करोड रहेको छ। त्यस्तै खराब कर्जा अनुपात २।२६ प्रतिशतबाट घटेर १.८५ प्रतिशतमा झरेको छ।  

त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ४२।४९ प्रतिशतले बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १५३ रुपैयाँ ०३ पैसा, र मुल्य आम्दानीको अनुपात १६।०२ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved