सिभिल बैंकको खुद मुनाफामा २०२ % को छलाङ, ब्याज आम्दानि ४३ % ले बढ्यो, खराब कर्जा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 10:30:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफामा २०२ प्रतिशतको उछाल आएको छ।

पहिलो तीन महिनामा बैंकले २९ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। यो गत बर्षको तुलनामा झन्डै २०२ प्रतिशतले बढी हो। गत बर्षको यस अवधिमा बैंकले ९ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।   

त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लीईने खुद ब्याज आम्दानी पनि उल्लेख्य रुपले बढेको छ। गत बर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४२।८१ प्रतिशतले बढेर ४९ करोडबाट ७१ करोड पुगेको छ। 

सिभिल बैंकको व्यवसाय करिब ४ प्रतिशतले बढ्दा पनि उसको खुद ब्याज आम्दानी झन्डै ४३ प्रतिशतले बढेर ७१ करोड नाघेको हो। 

यस अवधिमा बैंकले ग्राहकबाट ९२ अर्ब ७३ करोड निक्षेप संकलन गरि ८५ अर्ब कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खुद संचालन मुनाफा ९० करोड ६९ लाख रहेको छ। 

त्यस्तै यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ६४ करोड रहेको छ भने बैंकको रिजर्भमा १ अर्ब ५२ करोड रहेको छ। भने खराब कर्जा अनुपात पनि १।५० प्रतिशतले घटेर ०।९६ प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा, प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा, मुल्य आम्दानीको अनुपात १७।९९ गुणा रहेको छ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved