गुराँस लघुवित्तको लाभांश पारित, यस्तो छ नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 02:50:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको छ  । 

साधारण सभाले आर्थिक वर्ष ७७।७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.८,३४,००,०००।– को ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेको हो  । त्यस्तै सभाले आर्थिक वर्ष ७७।७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आ.व. ७८।७९का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

साधारण सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved