प्राइम लाइफले अधिकृत पुँजी ५ अर्ब बनाउने, संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात पनि फेरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 10:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै सभामा कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुने छ  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । कम्पनी साधारणसभा समबन्धि विस्तृत विवरण सहितको सूचना कार्तिक २४ गते बुधबार प्रकाशन गरिने जनाएको छ  । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 


सामान्य प्रस्तावः

१. बार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।

२. आर्थिक बर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित/स्वीकृत गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७१७८ को हिसावकिताव लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।

४. स्वतन्न सञ्चालक नियुक्तीको अनुमोदन गर्ने ।

विशेष प्रस्तावः

५. कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्तावको स्वीकृति प्रदान गर्ने ।

६. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६/७७ सम्मको संचित मूनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. २,४१,७०,५७,०२३/०० को १५ प्रतिशत (खूद) का दरले हुने रु. ३६,२५,५८,५५४/०० बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,८२,०२९/०० नगद लाभांश स्वीकृत गर्ने ।

७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चक्ता पंजी बद्धि गर्न स्वीकति प्रदान गर्ने ।

८. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

९. विशेष प्रस्ताव अन्तर्गत नं. ५, ७ र ८ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने।

१०. सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयनको सम्बन्धमा संस्थापक समुहबाट प्राप्त सञ्चालक मनोनयनको व्यहोरा सभामा जानकारी गराई पारित गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved