३४ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा, यस्ता छन् बैंकले देखेको समस्या तथा चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 08:21:07 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १८ करोड १० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षमा बैंकको खुद नाफा बढेर २४ करोड २० लाख पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ४५ प्रतिशतले बढेर ४१ करोड ३५ लाख पुगेको छ । बैंकको संचालन मुनाफा ३४ करोड ५७ लाख रहेको छ । यस अवधिमा बैंकको निक्षेप १९.२६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५ हजार ३३ सय ३१ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड पुगेको छ । बैंकले यस अवधिमा १९ करोड ६ लाख वितरणयोग्य मुनाफा भएको उल्लेख गरेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४.८४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११३.२२ रुपैयाँ रहेको छ । बैंकले पहिलो त्रैमासमा लक्ष्य बढी प्रगति हासिल भएको जनाएको छ ।

यस्ता छन् बैंकले देखेका समस्या त्तहा चुनौती :

क) आन्तरिक समस्या तथा चुनौती
- पूर्वाधारका परियोजनाहरुको Pipeline |

- सम्भाव्य सार्वजनिक तथा निजि पूर्वाधारका परियोजनाहरुमा लगानीको पहुँच विस्तार गर्न दिर्घकालीन प्रकृतीको
कम लागतको स्थिर पूँजीको प्राप्ती र परिचालन ।

- आयको विविधिकरण ।

ख) वाह्य समस्या र चुनौती
विश्वव्यापी रुपमा देखिएको कोभिड-१९ महामारीका कारण लगानी स्विकृत भएका पूर्वाधार परियोजनाहरुमा कर्जा प्रवाह, पूर्वाधारका परियोजनाहरुको प्रयाप्ततामा संकुचन र लगानिमा विविधिकरण ।
बैंक तथा वित्तीय संस्था बीच तीव्र प्रतिष्पर्धा ।

ग) रणनीति
ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एंव पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण।

- आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड।

- सार्वजनिक निजि साझेदारी मार्फत प्रदेश र स्थानीय सरकारसहितको संलग्नतामा सार्वजनिक महत्वका पूर्वाधार को प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने र विभिन्न रणनितिक परियोजनामा लगानी गर्ने ।

- समग्र जोखिम व्यवस्थापनको आधारभत पक्षहरुलाई सवलिकरण गर्ने ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved