लुम्बिनी विकास बैंकको साधारणसभा आह्वान, मर्जर प्राप्तिको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 08:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ९ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालय डिल्लीबजारमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरि कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव : 

१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आ.व.२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा संचित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ०.६८४२% ले हुन आउने नगद लाभांश रु १,९८,८५,९५५.१९ (अक्षरेपी एक करोड अण्ठान्नव्वे लाख पचासी हजार नौ सय पचपन्न रुपैंया र पैसा उन्नाईस मात्र ।) वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

ख) बिशेष प्रस्तावहरु :

१) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा संचित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको १३% ले हुन आउने रकम रु ३७,७८,३८,९६१.४४ (अक्षरेपी सैंतीस करोड अठहत्तर लाख अतीस हजार नौ सय एकसठ्ठी रुपैया र पैसा चवालीस मात्र) बराबरको वोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने।

२) विकास बैंकको जारी तथा चुक्ता पूँजी रु.२,९०,६४,५३,५४९.५५ (अक्षरेपी दुई अर्ब नब्बे करोड चौसठ्ठी लाख त्रिपन्न हजार पाँचसय उनान्पचास रुपैया र पैसा पचपन्न मात्र) रहेकोमा वोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी रु.३,२८,४२,९२,५१०.९९ (अक्षरेपी तीन अर्ब अठ्ठाईस करोड वयालीस लाख वयान्नब्बे हजार पाँच सय दश रुपैया र पैसा उनान्सय मात्र) पुयाउने विशेष प्रस्ताव पारित गर्ने ।

३)वोनस शेयर जारी पछि कायम हुने जारी र चुक्ता पूँजी वमोजिम यस विकास बैंकको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा तथा दफा ७ को (ङ) साथै नियमावलीको नियम ५ मा आवश्यक संशोधन गर्ने । यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने।

४)यस विकास बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन (प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याँकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

५) विविध

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved