महुली लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 11:22:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश र वित्तीय विवरण स्वीकृत गरेको छ । साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरि राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २६ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी २२ करोड ३९ लाख ४४ हजार रहेको छ । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । राष्ट्र बैंकले लाभांश स्वीकृत गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved