फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 10:13:01 AM मा प्रकाशित

laxmi  sunrise bank

 फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ३५ प्रतिशतले हुन् आउने २१ करोड ८९ लाख ३१ हजार ७ सय ३७ रुपैयाँ ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा  नगद गरि कुल  ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६२  करोड ५५ लाख रहेको छ  । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved