सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 11:01:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते विराटनगर स्थित होटेल हैरिसन प्यालेसमा साधारणसभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

क) सामान्य प्रस्तावः

१. संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- को ०.६६८४ प्रतिशतका दरले हुने रकम रु.१,५१,२५,६६३/- नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने ।

५. संस्थापक शेयरधनी समूह (क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक र सर्वसाधारण शेयरधनी समूह (ख) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्ने ।

ख) विशेष प्रस्तावः

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- (अक्षरेपी दुई अर्ब छब्बिस करोड अट्ठाईस लाख चौरानब्बे हजार पाँच सय मात्र) को १२.७० प्रतिशतका दरले हुने रकम रु.२८,७३,८७,६००/- (अक्षरेपी अट्ठाईस करोड त्रिहत्तर लाख सतासी हजार छ सय मात्र) बराबरको शेयर लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । शेयर लाभांश (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने ।

२. शेयर लाभांश (बोनस शेयर) वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने ।

३. कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।

५. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved