पाँचथर पावर कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 10:34:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते भर्चुअल माध्यमबाट हुने गरि सभा आह्वान गरेको हो । 

सभामा अध्यक्षको मन्तव्य तथा छैठौं बार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत
वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सहितको आय व्यय विवरण र वासलात माथि छलफल गरि पारित गर्ने र आगामी आ.व. २०७८/०७९ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ। कम्पनीले लाभांश घोषणा गरेको छैन।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved