एनआईसी बाहेक सबै बैंकको एजीएम पुष मै, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ? (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 10:23:36 AM मा प्रकाशित

laxmi  sunrise bank

२७ वटा वाणिज्य बैंक मध्ये २६ वटाले पुस मसान्त भित्र नै आर्थिक वर्ष ७७/७८ को साधारणसभा सम्पन्न गर्ने भएका छन् । एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंकले पुस मसान्त भित्र नै साधारणसभा सम्पन्न भएका हुन् । १४ वटा बैंकले भने साधारणसभा सम्पन्न गरिसकेका छन्  

एनआईसी एसिया र हिमालयनले पुस ९ गते भित्र साधारणसभा आह्वानबारेको सार्वजनिक सूचना निकालेका थिएनन् । हिमालयनले भने पुस १० गते साधारणसभाको सूचना निकालेको छ  साधारणसभा हुनु भन्दा कम्तिमा २१ दिन अगाडी सभाको सूचना निकाल्नु पर्ने ब्यबस्था छ । तर हिमालयनले भने  २० दिन मात्र बाँकि राखेर सूचना निकालेको हो । एनआइसीले भने अझै साधारणसभाको सूचना ननिकालेकोले बैंकको साधारणसभा पुस मसान्तसम्ममा सकिने सम्भावना टरेको हो । आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सक्नु पर्ने ब्यबस्था छ । एनआइसीले भने सो ब्यबस्था उल्लघन गर्ने भएको छ  

हालसम्म सानिमा बैंक, नेपाल बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक , नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौँ , माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेगा बैंक, लक्ष्मी बैंक, एभेरेष्ट बैंक र कुमारी बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन्  ।

 हेर्नुस वाणिज्य बैंकहरुको लाभांश, बुक क्लोज मिति र साधारणसभाको मिति ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved