ज्योति लाईफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस दर बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 10:36:52 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सको लाभांश संशोधन भएको छ ।कम्पनीले बीमा समितिको निर्देशन अनुसार लाभांश दर संशोधन गरेको जनाएको छ । 

कम्पनीले यस अघि  आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट  ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहितको लागि ५.५२ प्रतिशत नगद लाभांश गरि कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो। तर अब भने कम्पनीले १० प्रतिशतले हुन आउने २२ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२३६ प्रतिशतले हुन आउने १ करोड १५ लाख ७८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा बराबरको नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  उक्त प्रस्ताव बीमा समितिले गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनिहरुमा वितरण हुनेछ।  

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ 'उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०७८/०७/१४ गते दिउँसो ४:३० बजे कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको संचालक समितिको ९२ औं बैठकबाट यस कम्पनीका शेयरधनिहरुलाई आ.ब.२०७६।७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजि रु. २,२०,००,००,०००।०० को ५ प्रतिशत (पाँच प्रतिशत) बोनस शेयर तथा ५.५२६३ प्रतिशत नगद लाभांस कर समेत प्रस्ताव गरि स्वीकृतिको लागि श्री बीमा समितिमा पेश गरेकोमा, श्री बीमा समितिको च नं २९५६ मिति २०७८।१०।०६ गतेको पत्रानुसार उक्त प्रस्तावित नगद लाभांसको सट्टामा बोनश शेयर र कर प्रयोजको लागि मात्र नगद लाभांस साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने गरि प्रस्तावित लाभांस परिमार्जन गर्न निर्देशन सहित आ.ब.०७६।७७ को बित्तिय बिबरण स्वीकृत गरेको हुँदा श्री बीमा समितिको निर्देशानुसार मिति २०७८/१०/०७ गते बिहान ११:४५ बजे कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको संचालक समितिको ९८ औं बैठकबाट यस कम्पनीका शेयरधनिहरुलाई आ.ब.२०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजि रु. २,२०,००,००,०००।०० को कुल १०.५२६३ प्रतिशत लाभांस प्रदान गर्ने गरी लाभांस प्रस्ताव देहाय बमोजिम परिमार्जन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।

१. बोनस शेयर १० प्रतिशत (दश प्रतिशत) शेयर कित्ता २२,००,०००।- (रकम रु. २२,००,००,०००।००)२. नगद लाभांस ०.५२६३ प्रतिशत रु. १,१५,७८,९४७.३७ (. बोनस शेयरमा लाग्ने कर वापत) ।

उक्त लाभांस कम्पनीको आगामी साधारण सभाबाट पारित भए पश्चात लागु हुनेछ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved