७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको जीवन विकास लघुवित्तको साधारणसभा आह्वान, मर्जर पनि प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2022 | 08:16:48 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २५ गते शुक्रबार मोरङमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट  हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १२ गतेदेखि चैत्र २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

(क) सामान्य प्रस्तावः

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

(३) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,००००० (अक्षरमा बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने रकम रु. २,२४,१४,७३६।८४ (अक्षरमा दुई करोड चौविस लाख चौध हजार सात सय छत्तीस रुपैयाँ आठ चार पैसा मात्र) नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्ने ।

(५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने।

(ख) विशेष प्रस्तावः

(१) वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्बबाट बृद्धि गरी रु. २ अर्ब पुयाउने ।

(२) वित्तीय संस्थाको जारी पूँजी रु. ६०,८४,००,०००/- बाट बृद्धि गरी रु. १,०३,४२,८०,०००/- (अक्षरेपी एक अर्ब तीन करोड बयालिस लाख असी हजार मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

(३) वित्तीय संस्थाको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबरको चुक्ता पूँजी पुयाउन वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,०००/- (अक्षरेपी बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

(४) बोनस शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने ।

(५) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड १(र) थप गर्ने ।

(६) वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने । (७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।

(७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।

(८) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

(९) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved