नेप्सेमा उपकार लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 02:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उपकार लघुवित्तको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको ६ लाख ५६ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको हो ।

आज बिहिबार शेयर सुचिकृत भएसंगै शुक्रबारबाट कम्पनीको शेयर खरिद बिक्रि गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा मूल्य तय भएमा नेप्सेमा नियमित रुपमा कम्पनीको शेयर कारोबार हुने छ।  ४०३.९१ रुपैयाँ देखि १२११.७३ रुपैयाँसम्मको रेन्ज रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीको कारोबार ULBSL सिम्बलबाट हुने छ । 

कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ । उपकर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले गर्ने छ।

कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको थियो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।

कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved