शेयरको पुंजीगत लाभकरको दर यथावत, के राखियो विधयेकमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  शेयरको पुंजीगत लाभकरको सिमा हेरफेर नगरी बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सार्वजनिक गरेको बजेट तथा नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा साविक कै लाभकरको दर राखिएको छ ।

नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा भनिएको छ '' नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलब पाँच प्रतिशतका दरले कर लाग्नेछ ।"

यस अघि पनि सोहि दर कार्यान्वयनमा थियो । नेपाल धितोपत्र बोर्डले पनि लाभकरको दर हेरफेर गर्नको लागि सुझाव दिएको थियो । लगानीकर्ताहरुले पनि लाभकरको दर हटाउन माग गर्दै आएका थिए । तर सरकारले भने लाभकरको दर हेरफेर गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved