'बजेटमा पुँजीबजारबारे धेरै कुरा छन्, लगानीको वातावरण बन्नेमा विश्वास ': उपाध्यक्ष फुल्लेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 11:23:28 AM मा प्रकाशित

laxmi sunrise bank

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले नेपाल सरकारले प्रस्तुत गरेको २०७९/०८० को बजेटमा पुँजीबजारबारे धेरै कुरा समेटिनु नेपाली लगानीकर्ताहरूको लागि खुशिको कुरा भएको बताएका छन् । बजेट मार्फत घोषणा भएका कार्यान्वयनमा आउने र लगानिकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने छ भन्ने कुरामा आशावादी रहेको उनले बताए।

बजेटमा पुँजीबजारको विकास र सबलीकरणमा जोड दिने कार्यक्रम आएको उनले बताए। १ अर्ब चुक्ता पुँजी भएका र बार्षिक पाँच अर्बको कारोबार गर्ने सबै कम्पनीलाई अनिर्वाय सूचिकरण गराउने ब्यबस्था सकारात्मक रहेको उनको भनाई छ । प्राकृतिक श्रोत प्रयोग गर्ने सिमेन्ट र क्लिंकर उद्योगलाई पनि पुँजी बजारमा सूचिकरण गराउने कार्यक्रम प्रभावकारी हुने उनले बताए।

त्यस्तै नेपाल विद्युत प्राधिकरणलाई सूचिकृत गराउने योजनाले पुँजी बजारको विश्वसनियता बढाउने उनी बताउछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने र एनआरएनहरुलाई पुँजी बजारमा प्रवेश गराउने कार्यक्रमले बजारको स्थायीत्वमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । 

त्यस्तै उद्यमशीलतालाई विकास गर्ने निजि प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटललाई संचालन अनुमति दिने जस्ता प्रभावकारी कार्यक्रम पनि बजेटमा समावेश छ। लघुबीमा कार्यक्रम विस्तार गरिने जस्ता महत्वपूर्ण कार्यक्रमहरू पनि आएकोले बजेटमा समावेश सबै कार्यक्रमहरु प्रभावकारी रूपमा कार्यान्वयनमा आउने र लगानिकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने विषयमा आशावादी रहेको उनी बताउछन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved