
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
कम्पनीको ११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३१.५३ पैसा कायम गरिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५९० रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।नेपाल इन्स्योरेन्सले जेठ ३० गते सोमबार पर्यटन बोर्डको हलमा सभा गर्न लागेको छ ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
(क) सामान्य प्रस्तावहरु:
१) आ.व. ०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२) आ.व.०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरी पारित गर्ने ।
३) कम्पनीको आ.व०७७/०७८ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६५।- को ११ प्रतिशतका दरले हने रु रु १३,६६,५७२४२।- (तेह करोड छैसट्ठि लाख सन्ताउन्न हजार दुई सय बयालिस मात्र) बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त वोनस शेयरमा लाग्ने कर प्रयोनार्थ ०.५७८९ प्रतिशतले हुने रु ७१,९२,४८६।- (एकहत्तर लाख बयानब्बे हजार चार सय छयासी मात्र ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनीको आ.व.०७८/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक P.L.Shrestha & Company, Chartered Accountants कानुनत पुनः नियुक्ती हुन सक्नेछ ।
५) सञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने २ (दुई ) जना र सर्वसाधारण शेयरधनी समूहबाट २ (दई । जना सञ्चालकहरुको निबांचन गर्ने ।
ख) विशेष प्रस्तावहरु :
१) कम्पनीको अधिकत पंजी रु २ अर्ब बाट २.६ अर्ब पूयाउने र सोही बमोमिज कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
२) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६५।- को ११ प्रतिशतका दरले हुने वोनश शेयर रु १३,६६,५७,२४२।- (तेह्र करोड छैसट्ठि लाख सन्ताउन्न हजार दुई सय बयालिस मात्र)) बराबरको वोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।
३) वोनस शेयर जारी गरे पश्चात कम्पनीको कायम हुने चुक्ता पूँजी रु १,३७,८९,९५,८०७ ।- (अक्षरुपी एक अरव सैंतिस करोड उनान्नब्बे लाख पन्चान्नब्बे हजार आठ सय सात ) बमोजिम कम्पनीको प्रबन्ध-पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
४) कम्पनीको नियमावलीको नियम ८ को उपनियम २ (क) को (२) मा भएको संचालक सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।
५) सञ्चालक समिति तथा उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने सम्बन्धमा ।
६) संशोधित प्रबन्ध-पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।