इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा आज पनि नेगेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 11:13:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा आज पनि नेगेटिभ सर्किट लागेको छ। कारोबार सुरु भए लगत्तै कम्पनीको शेयरमा नेगेटिभ सर्किट लागेको हो । 

 यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रति कित्ता ३३१ रुपैयाँ कायम भएको छ । बैंकको शेयरको खरिदकर्ता छैनन् । यस अघि हिजो बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता ३६७.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

 नेप्सेले हिजो जेठ १६ गतेदेखि लागु हुने गरि बैंकका आधारभूत शेयरधनीहरुको बाहेकको शेयर कारोबार फुकुवा गरेको हो। 

नेप्सेले बैंकलाई पठाएको पत्रमा भनिएको छ ' उपरोक्त सम्बन्धमा यस लिमिटेडमा सूचीकृत त्यस कम्पनीको कम्पनी ऐन, २०६३ को दफा ५० को उपदफा (१) बमोजिमका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको धितोपत्रको कारोबार मिति २०७९/०२/१६ देखि फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारीको लागि अनुरोध छ।'

 नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जमा जाने सम्झौता गरेसंगै २०७८ बैशाख ३१ देखि लागु हुने गरि दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।

इन्भेष्टमेन्ट बैंकको कारोबार खुला भएपनि हिमालयन बैंकको कारोबार भने तत्कालको लागि रोक्का नै हुने छ । हिमालयनले पनि कारोबार फुकुवा गर्न सकिने बारेको राष्ट्र बैंकको पत्र ल्याएमा हिमालयनको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ  । 

हिमालयन बैंकको विशेष साधारणसभाले मर्जरमा नजाने निर्णय गरेसंगै दुवै बैंकको मर्जर प्रक्रिया भाडिएको थियो। दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने तयारीमा थिए  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved